Comments Add Comment

के सुदर्शन र पूजाले फिल्म क्षेत्रमा ‘ग्रुपिज्म’ गर्छन् ?

निर्देशक सुदर्शन थापाको चलचित्रमा नायिका पूजा शर्माले निरन्तर काम गर्दै गएका कारणले पनि, चलचित्र बजारमा यो समुहले ग्रुपिज्म गर्छन् भनेर चर्चा हुने गर्दछ । सुदर्शनसँग पूजाले चलचित्र ‘मधुमास’पछि टिमअप गरेकी हुन् । यसपछि, यी दुइले ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’मा काम गरिसकेका छन् ।

सुदर्शनको चलचित्रमा अरु नायिका नहुनु, पूजाले पनि अरु निर्देशकसँग खासै सहकार्य गर्न नचाहनु आदि कारणले यी दुइलाई ग्रुपिज्मको आरोप लागेको हुनसक्छ । तर, नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा भने यो कुरालाई अस्विकार गर्छन् ।

पूजा भन्छिन्–‘हामीले करिअरको सुरुवात आ–आफ्नै तरिकाले गरेका हौं । विच बाटोमा पुगेपछि हामीले एक अर्कालाई भेटेका हौं । मैले चलचित्र क्षेत्रमा स्थापित हुनका लागि निकै मिहिनेत गरेकी छु । एक अर्कासँग काम गर्दा सहज भएपछि हामीले मिलेर अगाडि जाने निर्णय गर्यौं ।’

पूजा अगाडि भन्छिन्–‘एउटा राम्रो निर्देशकसँग काम गरेको हुँ । ग्रुपिज्म बनाएर मलाई मात्र चलचित्रमा लिनुपर्छ भनेकी छैनँ । मैले म यस्तो गीत गाउँछु मा नयाँ नायिका राख्नुपर्छ भनेर सुदर्शनजीलाई अफर गरेकी थिएँ ।’

यो बिषयमा सुदर्शन भन्छन्–‘ग्रुपिज्म भएको भए त अरु ब्यानरको चलचित्र मैले पूजालाई खेल्नै दिन्नथ्यँ होला । पूजा र मैले चलचित्र निर्माणमा पनि सहकार्य गरिरहेका छौ । अब, पूजा आफै नायिका भएपछि अरु किन लिने भन्ने मेरो सोचाई हो । तर, पूजाले म यस्तो गीत गाउँछु मा नायिका अर्को राख्नुपर्छ भनेकी थिइन् । मैले नै प्रेमगीत हिट भैसकेपछि दर्शकले रुचाएको बेलामा अरु नायिका राख्नुभन्दा आफै काम गर्नुपर्छ भनेर भनेको हुँ ।’

अरु नायिकासँग काम नै नगर्ने होइन भन्दै सुदर्शनले पूजा र आफ्नो सहकार्यलाई ग्रुपिज्म भन्न नमिल्ने बताए । पूजा र सुदर्शनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको लागि तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment