Comments Add Comment

तौलिहवामा सडक अतिक्रमण हटाउन शुरु

तौलिहवामा सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउँदै डोजर । तस्वीर : नारद कोहार

४ साउन, तौलिहवा । कपिलवस्तु सदरमुकाम तौलिहवामा सडक अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन सुरु गरिएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत जमुहारदेखि छोटकी तौलिहवा मस्जिदसम्म अतिक्रमण हटाउन शुरु गरिएको हो ।

सरकारी कार्यालयहरु जिल्ला समन्वय समितिको पर्खाल, नेपाल बाल संगठनको पर्खाल, तौलेश्वरनाथ संस्कृत माविको पर्खाल, सरकारी वकिल कार्यालय अगाडिको प्रतिक्षालय, सनसाइन बोर्डिङ स्कुलका पर्खालहरु डोजर लगाएर भत्काइएको छ । यस्तै खानेपानी कार्यालयको पर्खाल पनि भत्काइएको छ ।

‘तौलिहवाको जमुहार नालादेखि छोटकी तौलिहवासम्म पर्ने अतिक्रमण हटाउनका हामीले म्याद जारी गरेका थियौं । अन्तिम म्याद सकिएपछि शनिबारबाट अतिक्रमण हटाउन सुरु गरेका हौं,’ हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख ईश्वर बहादुर रिजालले भने ।

सडक अतिक्रमण हटाउन हुलाकी सडकका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली खटाइएको थियो ।

यस्तै बहादुरगञ्ज जाने बाटोदेखि भिक्षु चोकसम्मको सडक पनि स्तरोन्नती गर्ने निर्णय सडक बिभागले गरेको छ । सडक विस्तार गर्दा कपिलस्तु नगरपालिका अनुसार जमुवारदेखि भिक्षु चोकसम्म ५ सय ८३ वटा संरचना पनि भत्काउनु पर्ने देखिन्छ ।

यसैबीच स्थानीय कालीपद शर्मा र रोहित उपाध्यायले उच्च अदालत तुलसीपुरमा सो कार्य रोक्नका लागि रिट निवेदन दिएका छन । सोही आधारमा बुटवल इजलासले निवेदकका हकमा अल्पकालीन आन्तरिम आदेश जारी गर्दै बिपक्षी हुलाकी सडक आयोजना र सडक बिभागलाई साउन १२ गते छलफलका लागि अदालतमा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment