Comments Add Comment

भारतमा एकैदिन भेटिए ३८ हजार ९०२ संक्रमित

फाइल तस्वीर

४ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ ।

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ भने तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दिल्लीमा पनि एक लाख २१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमणसँगै परीक्षण संख्या पनि बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख ५८ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको भारतीय अयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले बताएको छ । अहिलेसम्म भारतमा एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ ।

भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment