Comments Add Comment

कंगना भन्छिन्–‘सुशान्तबारे मेरो दाबी झुटो भए पद्यमश्री फिर्ता गर्छु’

बलिउड नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही हस्तीहरुको बिषयमा खुलासा गरिरहेकी छिन् । उनले, निर्माता करण जोहर र निर्देशक महेश भट्टको बिषयमा बोलेकी थिइन् । बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउनमा करण र महेश अगाडि रहेको दाबी उनको थियो ।

उनै, कंगनाले फेरि अर्को नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो दाबी झुटो भएको खण्डमा पद्यमश्री अवार्ड नै फिर्ता गर्ने दाबी गरेकी छिन् ।

कंगनाले सुशान्तले आत्महत्या नगरेको भन्दै उनको योजनावद्ध रुपमा हत्या भएको दाबी गर्दै आएकी छिन् । कंगनाले एक टेलिभिजन अन्र्तवार्तामा भनेकी छिन्–‘मेरो भनाई राख्नका लागि मुम्बई प्रहरीबाट मलाई फोन आएको थियो । तर, म मनाली भएकाले जान पाइनँ । यसपछि मलाई कुनै पनि फोन आएनँ । यदि, मैले भनेको कुरा सावित गर्न सकिनँ, या प्रमाण दिन सकिनँ भने म मेरो पद्यमश्री अवार्ड नै फिर्ता गरिदिन्छु ।’

नायिका कंगना रनावतले यो बर्ष पद्यमश्री अवार्ड प्राप्त गरेकी थिइन् । कंगनाले नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करप्रति कटाक्ष गर्दै भनेकी छिन्–‘आज तापसी र स्वरा जस्ता बलिउड भन्दा बाहिरबाट आएका कलाकार आफूलाई बलिउडप्रति प्रेम रहेको बताउँदैछन् । म यती मात्र भन्न चाहन्छु कि, यदि तपाइहरुलाई बलिउडप्रति प्रेम छ भने तपाइहरुलाई आलिया भट्ट र अनन्या पाण्डेको भन्दा कम काम किन मिलिरहेको छ ?’ उनले आलिया र अनन्या बलिउडमा हुनु नै ‘नेपोटिज्म’ भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment