
४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको छ ।
आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।
कारोबार खुलेको ६ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो । २० मिनेटपछि खुलेको बजारमा केहिबेरमै ५ प्रतिशतले वृद्धि भयो ।
त्यससपछि ४० मिनेट बन्द गरियो । दोस्रो पटक सर्किट ब्रेकपछि खुलेको १ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि बजार बन्द गरिएको हो । अब सेयर कारोबार सोमबार मात्र हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4