Comments Add Comment

विराटनगरबाट ३५ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

५ साउन, विराटनगर । ठूलो परिणामको ब्राउनसुगरसहित विराटनगरमा भारतीय नागरिकलाई पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिका – १५ रानीबाट आइतबार राति ३५ ग्राम ५६० मिलीग्राम ब्राउन सुगरसहित बिहार अररिया जिल्ला जोगवनी- १२ स्लामपुर बस्ने २० वर्षीय तरीकवन अनवरलाई पक्राउ गरेको हो ।

अनवर साइकलमा भारतबाट विराटनगरतर्फ आउँदै थिए । राति करिब ८ बजे शङ्कास्पदरुपमा आएको देखेपछि रोकेर चेकजाँच गर्दा ब्राउन सुगर भेटिएको हो । प्रहरीका अनुसार अनवर भरिया हुन ।

खैरो हिरोइन कहाँ ल्याएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन रेग्मीले बताए ।

अनवरले चलाएको साइकलको सिटमुनीबाट सात पोका बनाएर राखेको अवस्थामा खैरो हिरोइन बरामद भएको उनले बताए । प्रहरी स्रोतका अनुसार खैरोहिरोइनको बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँसम्म पर्छ ।

आइतबार नै लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ स्थित विराटनगर रानी सडकखण्डमाबाट विराटनगर महानगरपालिका-६ का २० वर्षीय राज दास र सुमित दासलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले राज दासको साथबाट ६० र सुमित दासको साथबाट पनि ६० चक्की लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

अलग भए सुधांशु र उषा

Advertisment