+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कंगनाले ‘बी ग्रेड’कि नायिका भनेपछि भड्किइन् तापसी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते १२:११

नायिका कंगना रनावतले नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेपछि यसले हंगामा मच्चाएको छ ।

कंगनाको यो बयानपछि नायिका तापसी पन्नु उनीसँग भड्किएकी छिन् । तापसीले भनेकी छिन्–‘कंगनाले बलिउडको मजाक उडाइरहेकी छिन् । मलाई यो देखेर निकै दुख लाग्छ ।’

कंगनाले तापसी र स्वरा निर्माता करण जोहरको मनपर्ने नायिका हुन् भने उनीहरुको हातमा किन काम छैन भनेर प्रश्न गरेकी थिइन् ।

तापसीले भनिन्–‘म कुनै व्यक्तिसँग आफ्नो व्यक्तिगत बदला लिनका लागि कसैको निधनको फाइदा उठाउँदिनँ ।’

तापसीले, कंगनाले आफूहरुको मजाक बनाएको भन्दै दुःख व्यक्त गर्दै भनेकी छिन्–‘मलाई दुःख लाग्छ कि, बलिउड पृष्ठभूमिबाट नआएका हामी जस्ता कलाकारको केही मानिसहरु मजाक बनाइरहेका छन्, जुन क्षेत्रले हामीलाई धेरै कुरा दिएको छ ।’

तापसीले आफू निर्माता करण जोहरको नजिक नभएको पनि बताइन् । भनिन्–‘मैले कहिले पनि भनेकी छैन कि, करण जोहर मेरो नजिक छन् । तर, यसको अर्थ यो पनि होइन कि करणलाई म घृणा गर्छु । कंगनाले जसलाई घृणा गर्छिन्, हामीले पनि गर्नुपर्छ भन्ने छैन । म करणलाई नजिकबाट चिन्दिनँ, यसैले कंगनाको भनाइमा कुनै दम छैन ।’

तापसीले आफूले हरेक बर्ष ४ वटा चलचित्रमा काम गरिरहेको बताइन् । यो बर्ष पनि आफूले ५ वटा चलचित्रमा अभिनय गर्ने पक्का भएको तापसीको भनाई छ । तापसीले कंगना र उनको बहिनी रंगोलीले जे भन्छन् त्यसमा सहमत हुन नसक्दा आफ्नो बिषयमा नकारात्मक अर्थ लगाइएको भन्दै यो पनि एउटा ह्यारेसमेन्ट भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?