Comments Add Comment

साउनको सोमबार : पशुपतिको मूल मन्दिर खुलेन, बाहिर श्रद्धालुको भिड

५ साउन, काठमाडौं । आज साउनको पहिलो सोमाबार र सोमबारे औंसी । कोभिड-१९ को महामारीका कारण बन्द गरिएको मन्दिर तथा देवस्थल अझै खुला गरिएको छैन । सरकारले मूल मन्दिर खुला नगरे पनि सोमबार पशुपति क्षेत्रमा दर्शनार्थीहरूको भिड लागेको छ ।

तर साउनको पहिलो सोमबार श्रद्धालुले पशुपति मन्दिरको बाहिरपटि्ट नै पूजाआजा गरी फर्किएका छन् । पशुपतिको सबैतर्फको मूलद्वार बन्द गरिएको छ । तर श्रद्धालुहरूले पशुपति परिसरमा खुला रहेका विभिन्न मन्दिरहरूमा पूजा गरेका छन् ।

हिन्दु शास्त्रमा सोमबारे औंसीको महत्व धेरै रहेको बताइएको छ । त्यसैमाथि साउनकै सोमबार औंसी परेपछि यस दिनको झनै महत्व थपिएको छ । साउने झरीमा रुझ्दै त कोही छाताको साहारामा पशुपति पुगेका दर्शनार्थीहरूकोे पशुपतिको पूर्वीद्वार बाहिर भिड देख्न सकिन्थ्यो ।

पितृहरूको पर्वको रुपमा रहेको औंसी पर्व सोमबार परेमा त्यसलाई महत्वपूर्णको रूपमा यस दिन नबोली नुहाउनु पर्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment