Comments Add Comment

बंगलादेशमा चिनियाँ खोपलाई तेस्रो चरणको परीक्षण अनुमति

५ साउन, काठमाडौं । बंगलादेशले चिनियाँ कम्पनी सिनोभेकले निर्माण गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणको लागि अनुमति दिएको छ । बंगलादेश दक्षिण एसियाको सबैभन्दा धेरै जनघनत्व भएको मुलुक हो । साथै यो मुलुकमा कोरोना भाइरसका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् ।

चिनियाँ कम्पनी सिनोभेक अहिले चीनभन्दा बाहिरका मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गराउने योजनामा छ । द इन्टरनेशनल सेन्टर फर डिजिज रिसर्च बंगलादेशले आगामी महिनादेखि यसको परीक्षण सुरु हुने बताएको छ ।

बंगलादेश मेडिकल रिसर्च काउन्सिलका निर्देशक महमुद जहानले समाचार संस्था रोयटर्ससँगको कुराकानीको क्रममा आफूहरुले रिसर्च प्रोटोकलको समीक्षा गरेर नै सैद्धान्तिकरुपमा यसको अनुमति दिएको बताएका छन् ।

चार हजार दुईसय मानिसले यो परीक्षणमा सहभागी हुनका लागि आवेदन दिनेछन् । जसमध्ये आधालाई यसमा सामेल गराइनेछ । यो परीक्षण ढाकाको सात कोभिड-१९ अस्पतालहरुमा गरिनेछ ।

बंगलदेशमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख चार हजार ५२५ संक्रमित फेला परिसकेका छन् । करिब तीन हजार मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । सिनोभेकले ब्राजिलमा पनि यसैसातादेखि आफ्नो परीक्षण सुरु गर्दैछ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment