
५ साउन, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोले पुरिएर महिलाको मृत्यु भएको छ ।
सोमबार विहान बाख्रालाई घाँस दिन गएका बेला गोठ पहिरिँदा ३४ वर्षकी लक्ष्मी गुरुङको मृत्यु भएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
फुजेलको कौदीखोलामा रहेको गोठ पुरिँदा १० वटा बाख्रा पनि मरेको छ । अहिले ताङ्लीचोकस्थित प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलतर्फ गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4