Comments Add Comment

आकाशमा उडान छैन, सडकमा पहिरो गयो !

६ साउन, काठमाडौं । सरकारले जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भने पनि आकाशको लकडाउन भदौ १ सम्म कायम राखेको छ ।

यहीबेला बाढी–पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा अस्पताललगायत अत्यावश्यक काममा लामो दुरीको यात्रा गर्नुपर्ने मानिसलाई कठिनाइ उत्पन्न भएको छ ।

सडक विभागका अनुसार सोमबारको बाढी र पहिरोले सडक र पुलहरुमा बढी भौतिक क्षति पुगेको छ । यसले शहरहरुसँगको सम्पर्क टुटेको छ । राजमार्ग, सहायक राजमार्ग, पूल, रणनिितक सडक र ग्रामीण सडकसमेत अवरुद्ध हुन पुगेका छन् ।

विभागले अतिआवश्यक काम नपरेसम्म यात्रा नगर्नसमेत आह्वान गरेको छ । तराई भेगमा समेत डुबानले समस्या निम्त्याएको छ । काठमाडौंबाट मुलुकका अधिकांश जिल्लासँग जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग मर्मतमै केही दिन लाग्ने देखिएको छ ।

हेलिकोप्टर चार्टर्ड गर्नुपर्ने बाध्यता

सरकारले व्यवसायिक हवाई उडानमा प्रतिबन्ध लगाए पनि कार्गो र चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छैन । यसअवस्थामा नियमित स्वास्थ्य चेकजाँचमा आउनुपर्ने, अतिआवश्यक काम परेका यात्रुले महंगो मूल्य तिरेर हेलिकप्टर चार्टर्ड गर्नुपर्ने अवस्था देखिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आन्तरिकमा अहिले हरेक दिनजसो एक दर्जनसम्म चार्टर्ड उडान भइरहेका छन् ।

यसैवीच, कतिपय हवाई कम्पनीहरुले सोमबारको मन्त्रिपरिषदको निर्णयसँगै भदौ १ बाट उडान भर्ने गरी अहिल्यैदेखि टिकट बेच्न थालेका छन् । कम्पनीहरुले १० चैतअगाडि नै काटेका टिकट भने अधिकांश फिर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment