
६ साउन, सुर्खेत । तीन महिनायता विपदमा परी कर्णालीमा २५ जनाले ज्यान गुमाएका छन् भने २३ जना घाइते भएका छन् ।
प्रदेशका १० जिल्लामा वैशाख १ गतेदेखि साउन ६ गतेसम्म बाढी, पहिरोमा परी २५ जनाले मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार बाढी पहिरोमा परी सबैभन्दा धेरै जाजरकोटमा १३ जनाको मृत्यु भएको छ । सल्यान र रुकुम पश्चिममा चार/चारजना, कालीकोट र सुर्खेतमा दुई/दुईजनाको मृत्यु भएको छ ।
त्यस्तै, घाइते हुनेहरुमा रुकुम पश्चिम र सल्यानका ६/६ जना, दैलेख र जाजरकोटका ३/३ जना, डोल्पाका दुईजना, कालीकोट र हुम्लाका एक/एकजना रहेका छन् ।
एसएसपी वास्तोलाका अनुसार हालसम्म प्रदेशमा २८४ वटा घरमा क्षति पुगेको छ । वैशाखदेखि विपदमा परेर ५९ वटा पशुचौपायाको मरेका छन् भने ४ वटा बेपत्ता भएका छन् ।
विपद्का कारण करिब ६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी र पहिरोले अहिले पनि कर्णालीका विभिन्न ठाउँका सडकहरु अवरुद्ध छन् ।
प्रतिक्रिया 4