+
+

खाटबाट लडेर एक पुरुषकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १२:४५

७ साउन, जनकपुरधाम । सर्लाहीमा सुतिरहेको अवस्थामा खाटबाट लडेर एक व्यक्तिको मृत्यु भएकाे छ । सर्लाहीको हरिपुर नगरपालिका-२ घर भई इश्वरपुर नगरपालिका-३ मा बस्दै आएका ४० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इश्वरपुर नगरपालिका-३ बस्ने सूर्यकुमार श्रेष्ठको घरमा सहयोगीको रुपमा बस्दै आएका श्रेष्ठ सुतिरहेकाे अवस्थामा खाटबाट लडेर घाइते भएका थिए ।

लालबन्दी मोडल अस्पताल र दरभंगा सिटी स्क्यान सेन्टर जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । मृतकको शवलाई जिल्ला अस्पताल सर्लाहीमा राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?