+
+
Shares

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १३:५५

७ साउन, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४० हजार चार सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण ९१५ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरसका ६ हजार ८५९ नयाँ संक्रमित फेला परेका छन् । यससँगै मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ५६ हजार २५५ पुगेको छ । गत साता उत्तर र दक्षिण अमेरिकामा कोरोना भाइरसका करिब नौ लाख संक्रमित फेला परेका छन् ।

साथै यो अवधिमा २२ हजार मानिसको मृत्यु भएको छ । यो क्षेत्रमा संयुक्त राज्य अमेरिका, ब्राजिल र मेक्सिको संक्रमित र मृतकको हिसाबमा सबैभन्दा अगाडि छन् ।

स्रोत :सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?