Comments Add Comment

असंलग्न परराष्ट्र नीतिको युग अन्त्य भयो : भारतीय विदेशमन्त्री

७ असार, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले असंलग्न परराष्ट्र नीतिको युग सकिएको बताएका छन् ।

अन्दामन र निकोबार टापुमा अमेरिका र भारतीय जल सेनाको संयुक्त सैन्य अभ्यास शुुरु भएको छ । यसलाई लिएर भारतले आफ्नो असंलग्न परराष्ट्र नीति छाडेर अमेरिकालाई समर्थन गरिरहेको हो भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने, ‘असंलग्न परराष्ट्र नीति कुनै विशेष युग र भू–राजनैतिक परिवेशको नीति थियो ।’

उनले अघि भने, ‘अधिक सतर्कता बहुपक्षीय रुपमा अधिक निर्भरताको युग…..त्यो युग हामीभन्दा पछाडि कुनै निश्चित सीमासम्म छ ।’

भारतको जलसेनाको वारसिप आईएनएस राना, आईएनएस सह्याद्री, आईएनएस शिवालिक र आईएनएस कामोर्टाले सैन्य अभ्यासमा भाग लिएका छन् । उनीहरुले यूएसएस निमिट्स स्ट्राइक ग्रुपसँग हिन्द महासागरमा रहेको अन्दामन र निकोबार टापुमा संयुक्त अभ्यास गर्नेछन् ।

लद्दाखमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको घटनासँगै चीनसँग सीमा विवाद भइरहेका बेला भारतले अमेरिकासँग संयुक्त सैन्य अभ्यास शुरु गरेको हो । यसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नीति परिवर्तन गर्नसक्ने अनुमान गरिएको छ ।

भारतीय परराष्ट्रमन्त्रीले भारत अहिलेसम्म कुनै पनि गठबन्धनको हिस्सा नरहेको र आगामी दिनमा पनि नबन्ने स्पष्ट पारे । अन्तर्राष्ट्रिय अवस्था बुझेर त्यसको लाभ उठाउने दिशामा भारत अघि बढिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment