+
+
Shares
भारत–पाकिस्तान तनाव :

सैन्य कारबाही भए पाकिस्तानलाई कडा जवाफ दिने भारतीय विदेशमन्त्रीको चेतावनी

भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १६:११

२५ वैशाख, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

भारत तनाव बढाउने पक्षमा नरहेको तर, भारतविरुद्ध सैन्य कारबाही भए धेरै कडा प्रतिक्रिया दिन तयार रहेको उनले स्पष्ट पारेका छन् ।

जम्मु–कश्मिरको पहलगाममा २६ पर्यटकको हत्या गर्ने गरी भएको आतंकी हमलाको बदलामा भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।

पाकिस्तानले सो आक्रमणको बदला लिने बताइरहेका बेला भारतीय विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । विदेशमन्त्री जयशंकरले इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा यस्तो बताएका हुन् ।

इरानी विदेशमन्त्री भारत–इरानमैत्री सन्धिको ७५औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अहिले भारत छन् ।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत् अरघचीसँगको भेटबारे जानकारी दिँदै पाकिस्तानलाई चेतावनी दिएका हुन् । उनले पहलगाम आक्रमणपछि आतंकवादी लुक्ने ठाउँहरूमा कारबाही गर्न बाध्य भएको बताएका छन् ।

गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले एक नेपाली र २५ भारतीयको हत्या गरेका थिए । त्यसपछि भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएर पाकिस्तानका ९ स्थानमा हवाइ आक्रमण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?