Comments Add Comment

चितवनमा भेटिए बाढीले बगाएका ५ शव

७ साउन, चितवन । बाढीले बगाएर ल्याएका पाँच जनाको शव बुधबार चितवनमा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणी नदी र पूर्वी चितवनको बुढी राप्ती नदीको बाढीले बगाएर ल्याएका पाँच जनाको शव भेटिएको हो ।

प्रहरीका अनुसार नारायणी नदी किनारमा चार जना र बुढी राप्ती खोलामा एक जनाको शव भेटिएको हो । पानीको सतह घटेसँगै नदी किनारामा भेटिएका पाँच मध्ये चार शवको पहिचान खुल्न नसकेको र एक शवको भने पहिचान खुलेको प्रहरीले जनाएको छ ।

नारायणी नदी अन्तर्गगत भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा करिब १४/१५ वर्षकी एक किशोरी र अर्का एक किशोरको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै भरतपुर–१६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव झनझने भन्ने ठाउँमा भेटिएको हो । उनी गएको मंगलबार बिहानबाट हराएका थिए ।

भरतपुरकै वडा नम्बर १ लिलाचोक नजिक नारायणी नदी किनारमा अन्दाजी ५० वर्षीय एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्वी चितवनको खैरहनी नगरपालिको बुढी राप्ती खोलामा आएको बाढीले बगाएर ल्याएको अन्दाजी ५० वर्षका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment