Comments Add Comment

भिमसेनदास प्रधानहरूको मिसनलाई स्वेतपत्रमार्फत जवाफ दिन्छौं : मेयर शाक्य

विष्णुमति किनारमा बन्यो पुष्पलाल स्मृति पार्क

८ साउन, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे ।

उद्घाटनपछि सम्वोधन गर्दै नेपालले पुष्पलालको सम्झनामा उनकै ४० औँ स्मृति दिवसको अवसर पारेर पार्क उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए । ‘विष्णुमति वारी पुष्पलालको सालिक सहितको पार्क निर्माण भयो, पारीपट्टी शोभागवतीमा गंगालालको सालिकसहितको पार्क छ,’ नेपालले भने, ‘नेपाली राजनीतिमा महत्वपूर्ण योगदान गरेका योद्धाहरुका सालिक वरीपरी देख्दा र इतिहासका पन्ना पल्टाउन पाउँदा मन आनन्दित हुन्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने नीति अनुरुप काठमाडौँ महानगरपालिका अघि बढेको स्मरण गराए। ‘काठमाडौँ महानगरपालिका महानगर क्षेत्रभित्रका मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा सम्वर्द्धनको कामलाई तीव्रताका साथ अघि बढाउन चाहन्छ,’ उनले भने,’ यो त्यसैको एउटा उदाहरण हो।लामो समयको मेहनतपछि यहाँ पार्क निर्माण सम्भव भएको छ ।’

प्रमुख शाक्यले आगामी दिनमा नदी किनारको सौदर्यीकरण गरेर अघि बढ्ने बताए । वडा-वडामा भएका यस्ता कार्यमा काठमाडौँ महानगरपालिकाको निरन्तर सहयोग र सहकार्य रहने पनि उनले प्रष्ट पारे । ‘अहिले वडा–१८ मा पार्क निर्माण भएको छ । पार्क निर्माणको काम यतिमा मात्रै समित रहन्न । वडा–१७ सम्म यही पार्कलाई जोडेर निर्माण गर्ने तयारी सुरु भएको छ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकालाई सिमानाले छेक्दैन । अध्यक्षलाई मेरो वडा मात्रै भन्ने होला । तर, मेयरका लागि वडाको सिमाना छैन । हरेक वडा–वडामा यही आर्थिक वर्ष मात्रै ३० वढी पार्क निर्माण गर्ने योजना अघि बढाएका छौँ ।’

सातौँ नगरसभाले विष्णुमती किनारमा रहेका नदी किनारलाई सौदर्यीकरण गरेर हरियाली प्रवर्द्धन गरी पार्क निर्माण गर्न एकमुष्ठ बजेट विनियोजन गरेको पनि उनले जानकारी दिए । ‘विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड विनियोजन गरेका छौँ,’ उनले भने, ‘हामी विष्णुमती नदी किनारलाई पार्कसहितको हरियाली बनाएरै छाड्छौँ ।’

व्यक्तिले कब्जा गरेका जग्गा फिर्ता लिएर पार्क हरियाली निर्माण

विगतमामा सयौँ रोपनी जग्गा व्यक्तिले आफ्नो जग्गा भित्र पारेको र लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताए । ‘धेरै ठाउँमा पार्क निर्माण भैसकेका छन् । धेरै ठाउँमा बन्ने प्रक्रियामा छन्,’ उनले भने, ‘धेरै वडाध्यक्षहरुले कतै अख्तियारमा त कतै अदालतमा मुद्धा खेपिरहनु भएको छ । तर, उहाँहरु दृष्ढ हुनुहुन्छ । हामी टिमवर्कमा अघि बढेका छौँ । हामीले हाम्रो दायित्व बिर्सिएका छैनौँ । हामी व्यक्तिलाई दुःख दिदैनौँ । तर, कसैलाई राज्यको सम्पत्ति लुटेर खाना दिदैनौँ ।’

उनले जहाँ सार्वजनिक जग्गा छ त्यहाँ हरियाली प्रवर्द्धन गर्ने योजनाका साथ महानगरपालिका अघि बढेको बताए। ‘हरियाली प्रवर्द्धनसँगसँगै सम्पदा पुर्ननिर्माणको काममा पनि हामी त्यत्तिकै लागिरहेका छौँ,’ उनले भने, ‘जहाँ स्थानीयले काम गरेका छन् । त्यहाँ महानगरपालिकाको सहयोग निरन्तर रहन्छ ।’

व्यवसायिक अभियन्ता विकासमा वाधक

महानगर क्षेत्र भित्रका मूर्त–अमुर्त सम्पदाको संरक्षण तथा संवर्द्धनको कामलाई काठमाडौँ महानगरपालिकाले तिव्र रुपमा अघि बढाएको उनले जानकारी दिए । ‘अभियन्ताप्रति सम्मान छ । तर, कतिपय अवस्थामा व्यवसायिक अभियन्ताका कारण सम्पदा निर्माण–पुर्ननिर्माणमा समस्या आउने गरेका छन्,’ उनले भने । शाक्यले काठमाडौँ महानगरपालिकाको जिम्मामा रहेका धेरै सडक निर्माण सम्पन्न भएको बताए ।

‘धेरै सडक मेलम्ची खानेपानीले विगारेका छन्,’ उनले भने, ‘मेलम्चीले विगारेका सडकको पनि हमीले गाली खानु परेको छ । हामी ती सडक पनि बनाइरहेका छौँ ।’

पहिलाको काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै फरक भएको उनले दाबी गरे। ‘तपाईँहरुले सोचे जस्तो भएको छैन भने हामीलाई खवरदारी गर्नुहोस्,’ उनले भने, ‘सम्वन्धित वडाका जनप्रतिनिधि वा मेयरलाई भन्नुहोस् । हामी सम्पन्न गर्न तयार छौँ । तपाईँहरुको अपेक्षा अनुसार हामी काम गर्न तयार छौँ ।’

प्रमुख शाक्यले राजनीतिक आस्थाका नाममा केहीले भ्रम फैलाउने काम गरेको भन्दै दुःख व्यक्त गरे। ‘केहीले राजनीतिक आस्थाका नाममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मेरो बीचमा पनि असमझदारी फैलाउने काम गरे,’ मञ्चमा बस्नुभएका नेता नेपालप्रति संकेत गर्दै मेयर शाक्यले भने, ‘मैले पार्टीका नेता मात्रै होइन, कुनै पनि कार्यकर्ता, मतदाता र महानगरवासीको शीर झुकाउने गरी काम गर्ने छैन । सम्पूर्ण महानगरवासीको शीर उचो बनाउने गरी हामी काम गर्छौ ।’

‘मिसन चलाउनेहरुका लागि स्वेतपत्र जारी गर्न तयार छु’

प्रमुख शाक्यले आफू कुनै पार्टीबाट मेयरको उम्मेदवार बने पनि निर्वाचित भएपछि महानगरवासी सबैको मेयर भएको भन्दै महानगरवासीको हितलाई सर्वोपरी ठानी काम गरिरहेको बताए । ‘केही युवाले मेरो र पार्टीका वरिष्ठ नेताका बीचमा विवाद ल्याउन केही मिशन पनि चलाए । सबैले बुझेपछि आफैँ सेलाएर गए,’ उनले भने, ‘मिसन चलाउनेहरुलाई हामीले सहयोग गर्न आवश्यक छैन र गर्दैनौँ पनि ।’

उनले न्युरोडको महर्जन कम्प्लेक्स, रानीपोखरी, टुँडिखेललगायतका सन्दर्भमा पनि केहीले भ्रम पैदा गर्ने काम गरेको र आफूलाई वद्नाम गर्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे। ‘केहीले मिसनकै रुपमा मेयरले टुँडिखेल बेचेर खायो भन्दै भ्रम फैलाउने काम गरे,’ उनले भने, ‘पूर्वमन्त्री भिमसेनदास प्रधान जसले आफू मन्त्री हुँदा सिन्को भाँच्नुभएन । उहाँले नै केही युवालाई अघि सारेर अभियान चलाउनुभयो । नेताका घर–दैलोसम्म युवा पठाएर भ्रम फैलाउने काम गर्नुभयो ।’

मेयर शाक्यले आफूले गरेका कामको स्वेतपत्र जारी गर्न तयार रहेको चुनौती समेत दिए। ‘म निर्वाचित भएर आएपछि के–के काम गरेँ स्वेतपत्र जारी गर्न तयार छु,’ उनले भने, ‘तर, आफू नेतृत्वमा रहेका बेला सिन्को नभाच्ने अनि नेतृत्वबाट हट्ने वित्तिकै मिसन चलाएर अरुलाई बद्नाम गर्ने कुरा उचित होइन ।’

मेयर शाक्यले दरबार हाइस्कुल चार तलाको निर्माण भएको नदेख्नेहरुले अन्य ठाउँमा सम्पदा मिचियो भन्दै कराउने कुरा सान्दर्भिक नभएको बताए । उनले सम्पदा बचाउने नाममा व्यवसायिक नबन्न पनि सुझाव दिए । त सौदर्यीकरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment