Comments Add Comment

युरो टि-२० स्लाम एक वर्षपछि सर्‍यो

८ साउन काठमाडौं । युरो टि-२० स्लाम फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करण एक वर्ष पछि हुने भएको छ ।

कोरोनाभाइरस महामारीका कारण उत्पन्न अनिश्चिताको कारण युरोपको यस प्रतियोगिता स्थगित भएको हो ।

आयोजकले बुधबार यस वर्ष तय भएको प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

युरो टि-२० स्लामको पहिलो सिजन सन् २०१९ मै आयोजना हुने बताइएको थियो । तर,आयोजकले आर्थिक संकटका कारण प्रतियोगिता सुरु हुन दुई हप्ता बाँकी रहँदा स्थगित गरेको थियो ।

प्रतियोगिता सन् २०१९ को अगष्ट ३० देखि सेप्टेम्बर २२ सम्म हुने तालिका थियो । तर यस वर्ष भने प्रतियोगिताको मिति भने खुलाइएको थिएन ।

क्रिकेट स्कटल्याण्ड, क्रिकेट आयरल्याण्ड र नेदरल्याण्ड क्रिकेट बोर्ड सहआयोजक रहेको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो । प्रतियोगिताको लागि सबै टिमले अक्सनबाट खेलाडीसमेत छनोट गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment