Comments Add Comment

मार्टिन ब्रेथवेइटेको भविष्य के होला ?

८ साउन काठमाडौं । डेनिस फरवार्ड मार्टिन ब्रेथवेइट क्याम्पनोउमा आफ्नो सपना पूरा गर्ने लक्ष्यसहित बार्सिलोना पुगेका थिए र उनलाई त्यहाँ सफल हुन के गर्नुपर्छ भन्नेमा प्रतिबद्ध थिए ।

यद्यपी अर्को सिजन क्याटलाना क्लबमा उनको कुनै स्थान छैन जस्तो देखिन्छ र क्लबले लेगानेसका यी पूर्वफरवार्डसँग बसेर कुरा गर्नुपर्नेछ र उनीहरुको मनसाय स्पष्ट पार्नुपर्नेछ ।

जब बार्सिलोनाले ब्रेथवेइटेका लागि कदम चालेका थिए । तिनीहरु आपतकालीन अवस्थामा थिए ।

ओसमान डेम्बेले लामो समय चोटका कारण खेल्न नसक्ने भएपछि बार्सिलोनाले ट्रान्सफर विन्डोभन्दा बाहिरबाट आपसी समझदारीमा उनलाई ल्याएको थियो ।

यो क्बबले चाहेको भन्दा बढी आवश्यकता बाहिरको थियो । जसले क्लबलाई १८ मिलियन युरो तिर्न बाध्य बनायो र पाँच वर्षको सम्झौता पनि गर्‍यो ।

कोरोना भाइरस महामारीको ब्रेकले भने ब्रेतवेइटेलाई सहयोग गरेन । महामारीले फुटबललाई ३ महिना जति अवरोध गर्‍यो । ब्रेकले लुइस सुआरेजलाई म्याच पिटनेसका लागि सहयोग पनि गर्‍यो ।

यसको नतिजा स्वरुपमा ब्रेथवेयटेलाई पाखा लगाइयो र अंशु फँटी उनीभन्दा अघि देखिएका छन् । र राम्रो प्रदर्शन गरिरहेका छन् ।

बार्सिलोनाले अब निर्णय लिनु आवश्यक छ । ब्रेथवेइटे क्याम्पनोउमा बस्न इच्छुक छन् र क्याटलानाका लागि राम्रो गर्न चाहन्छन् तर बार्सिलोना लाउटारो मार्टिनेजलाई अनुबन्ध गर्ने तयारीमा छ र त्यसले गर्दा ब्रेथवेइटेले कम समय पाउने पक्का छन् ।

जे भए पनि अन्तिम भनाइ डेनिस फरवार्डकै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment