Comments Add Comment

लिभरपुल यतिमै रोकिँदैन : प्रशिक्षक क्लोप

८ साउन काठमाडौं । इंगलिस क्लब लिभरपुलले तीन दशकपछि प्रिमियर लिगको ट्रफी उचाल्ने मौका पायो । तर प्रशिक्षक योर्गन क्लोपले भने आउँदा दिनहरुबारे सोच्न थालिसकेका छन् ।

बुधबार राति चेल्सीलाई ५-३ ले पराजित गरेपछि लिभपुरलले घरेलु मैदानमा ट्रफी उचालेको थियो ।

सन्‍ १९९० पछि लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको थिएन । तीन दशकपछि उपाधि जित्दा लिभरपुलकै पूर्व प्रशिक्षक केन्नी डलगिस प्रिजेन्टेसनमा उपस्थित थिए । उनैले कप्तान जोर्डन हेण्डरसनलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

‘हामी रोकिने छैनौं । हामी रोकिने छैनौं । हामीसंग चुनौती छ । आन्तरिक चुनौती छ । हामी निश्चय नै सुधार गर्नेछौँ’ प्रशिक्षक क्लोपले उपाधि जितेपछि स्काई स्पोर्ट्ससंग भने ‘हामीसंग खेलाडीहरु छन् । हाम्रो लागि अर्को स्टेप लिने अवसर छ ।’

उनले गत सिजन दोस्रो प्रयासमा लिभरपुललाई यरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । त्यसपछि लिभरपुलले युईएफए सुपर कप र क्लब वर्ल्ड कपको पनि उपाधि जित्यो ।

जर्मन प्रशिक्षक क्लोपले आफूले जितेको चारवटै ट्रफीको फोटो राख्ने र यसले उपलब्धीलाई सम्झन सहयोग पुग्ने बताए । ‘साँच्चै भन्नुपर्दा यो अविश्वसनीय छ । हामीले चार ट्रफी जित्यौँ । ठूलो एउटा पनि जित्यौँ र म यो भन्दा खुशी हुन सक्दिन’ क्लोपले भने ।

उनले अगाडि थपे, ‘वास्तवमा म फोटो चाहने व्यक्ति होइन । मैले जतिबेलासम्म सम्झन्छु यसको महत्व हुनेछ । तर मसंग चार ट्रफीको फोटो हुनेछ किनकी यो सधैँ भइरहदैन ।’

कोरोना भाइरस महामारीले गर्दा लिभरपुललाई उपाधि जित्न केही समय पर्खनुपर्‍यो । लिभरपुलले उपाधि जितेको समारोहमा कोरोना महामारीले गर्दा समर्थक भने उपस्थित हुन पाएनन् ।

यद्यपी खेलाडी र कर्मचारीले आफ्ना परिवारका सदस्यलाई भने उक्त माहोलमा सहभागी गराएका थिए । प्रशिक्षक क्लोपले दर्शकहरुले यो समस्या बुझ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment