Comments Add Comment

सोनुले सार्वजनिक गरे ‘प्रवासी रोजगार’ एप

लकडाउनको समयमा हजारौ मजदुरलाई आफ्नो घर फर्किन सहयोग गरेका बलिउड कलाकार सोनु सुदले अब नयाँ कामको सुरुवात गर्दैछन् । उनले, एउटा एपको निर्माण गरेका छन् जसले लाखौ मजदुरलाई रोजगारी खोज्न सहयोग गर्नेछ ।

‘प्रवासी रोजगार’ नाम दिएर उनले सुरु गरेको एपको माध्यमबाट लाखौ मानिसहरुले जागिरको बिषयमा सही जानकारी पाउनेछन् । सोनुका अनुसार, ५ सय भन्दा बढी प्रतिष्ठित कम्पनीहरुमा रोजागरीको अवसरको जानकारी मजदुरहरुले एपको माध्यमबाट पाउनेछन् ।

सोनुले दिल्ली, मुम्बई, बैंगलोर, हैदराबाद, कोयम्बटुर, अहमदाबाद र तिरुनअन्तपुरमसहित विभिन्न ७ शहरमा सहायता केन्द्र पनि स्थापना गरेका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै सोनुले भने–‘केही महिनादेखि मैले यो बिषयमा खुबै सोचेँ र यो योजना तयार पारेँ । देशका प्रतिष्ठित कम्पनीसँग मैले यो बिषयमा कुरा गरेँ । विशेषगरि, गरिबीको रेखामुनी रहेका मानिसहरुलाई रोजगारीका लागि हामीले पहल गर्नेछौ ।’ उनका अनुसार, केही समयपछि नै यो एपमा १ करोड भन्दा बढी मानिसहरु जोडिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment