+
+
Shares

दैलेखको ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १५:२६
प्रतीकात्मक तस्वीर

८ साउन, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस फैलिन नदिन निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञा बिहीबारदेखि नै लागु हुनेछ ।

ठाटीकाँधका टेस्टिङ गाइडलाइनमा नपरेका ७३ जनाको पीसीआर परीक्षण गरिएको थियो । बुधार आएको रिपोर्टमा उनीहरु मध्ये १६ मा संक्रमण पुष्टि भएको छ ।

टेस्टिङ गाइडलाइनमै नपरेका स्थानीयमा समेत कोरोना पुष्टि भएपछि समुदायमा फैलिन सक्ने जोखिमलाई कम गर्न निषेधाज्ञा जारी भएको हो ।

प्रशासनले जारी गरेको सूचना अनुसार गाउँपालिका प्रवेश गर्ने सब नाका बन्द गरिएको छ भने भेटघाट, जमघट र आवतजावत् पूर्णरुपमा निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?