+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रचण्डको निजी सचिवालयले भन्यो : जनार्दन शर्मा पार्टी एकताकै पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १७:०५

८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा (प्रभाकर) पार्टी एकताकै पक्षमा रहेको जनाएको छ ।

प्रेस संयोजक विष्णु सापकोटाले विहीबार वक्तव्य जारी गर्दै पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् ।

‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ,’ सापकोटाले भनेका छन्, ‘अहिले पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताको पक्षमा लाग्नुभएको हो ।’

तीन अगाडि पनि प्रभाकरले सामाजिक सञ्जालमार्फत यही कुराको खण्डन गरेका थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणको सूत्रधारमध्येका एक मानिने प्रभाकरले आफूविरुद्धको दुष्प्रचारलाई ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ भन्दै एकताको पक्षमा दृढतापूर्वक उभिन सबैलाई अपिल गरेका थिए ।

कुनै पद प्राप्तिको लोभविना पार्टी आन्दोलनको रक्षा गर्न आफू लागेको प्रभाकरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?