Comments Add Comment

१३ वर्षपछि लाजियो च्याम्पियन्स लिगमा छनोट

९ साउन, काठमाडौं । इटालियन क्लब लाजियो एक दशक लामो प्रतिक्षापछि युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । सिरी एअन्तर्गत गएराति भएको खेलमा काग्लियारीलाई पराजित गर्दै लाजियोले शीर्ष चारमा स्थान पक्का गर्दै च्याम्पियन्स लिगका लागि ढोका खोलेको हो ।

खेलमा एक गोलले पछि परेको लाजियोले पुनरागमन गर्दै काग्लियारीलाई २-१ ले पराजित गरेको हो । ४५औं मिनेटमा जियोभानी सिमोनीले गोल गर्दै काग्लियारीलाई पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा लाजियोले पुनरागमन गर्द २ गोल गर्‍यो ।

दोस्रो हाफको दोस्रो मिनेटमै सेर्गेई मिलिन्कोभिचले लाजियोको लागि बराबरी गोल फर्काए । ६०औ मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा लाजियोले ३ अंक जोड्न सफल भयो । निर्णायक गोल गरेका इम्मोबाइल सिरी ए मा सर्वाधिक गोलकर्तामा समेत अगाडि छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई एक गोलले पछि पारेका छन् । इम्मोबँइलको ३१ गोल पुगेको छ भने रोनाल्डोको ३० गोल छ ।

जितपछि लाजियोले ३५ खेलबाट ७२ अंक जोडेको छ र चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको रोमा भन्दा लाजियोले ११ अंक बढी जोडिसकेको छ । लिगमा अब  चरणको खेल बाँकी छ र लाजियोले सबै खेलमा पराजित भएपनि शीर्ष चारमा रहने पक्का छ ।

काग्लियारी ४२ अंकसहित १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment