Comments Add Comment

गायकहरुको फिल्मी यात्रा

लकडाउनपछि केही गायकहरुले चलचित्रको यात्रा तय गर्दैछन् । गायक प्रकाश सपुतले त लकडाउन अगाडिबाट नै चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरेका थिए । तर, लकडाउनका कारण यो चलचित्रको छायांकन विचमै रोकिएको छ । अमेरिकामा समेत छायांकन हुने भएकाले पनि यो टिमले कोरोना महामारी पूर्ण रुपमा नियन्त्रणमा आएपछि मात्र छायांकन प्रारम्भ गर्नेछ ।

गायनमा सफल मानिएका प्रकाशले नायकको रुपमा कस्तो यात्रा गर्ने हुन्, हेर्न बाँकी छ । तर, दर्शक तथा श्रोताको मन छुने गीत सार्वजनिक गरेर चर्चामा आएका प्रकाशको चलचित्र यात्रा धेरैका लागि कौतुहलताको बिषय छ ।

अमेरिकामा रहेका गायक हिमाल सागरले पनि अब चलचित्रमा काम गर्ने बताएका छन् । उनले, एउटा टिमसँग चलचित्रमा काम गर्ने बिषयमा कुरा भएको र चाडै नै चलचित्रको घोषणा गर्ने बताए । उनी, लकडाउनका कारण नेपाल आउन पाएका छैनन् । तर, हिमालले चलचित्रको बिषयमा अरु जानकारी भने दिएका छैनन् ।

‘बिच बिचमा ३’ बोलको गीत निकालेर आलोचित बनिरहेका गायक दुर्गेश थापाले पनि आफूलाई चलचित्रबाट अफर आइरहेको बताएका छन् । उनले भने, गायनबाट विश्राम लिएर चलचित्रमा काम गर्ने बताएका छन् । यसरी हेर्दा, अब ३ जना गायकले चलचित्रको यात्रा प्रारम्भ गर्ने तयारी गरिरहेका छन् । तर, नेपालमा गायकहरुको चलचित्र यात्रा निकै नै खराब छ । यी तिनको भाग्य चलचित्र क्षेत्रमा चम्किन्छ या चम्किदैन, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment