Comments Add Comment

अमेरिकालाई चीनको जवाफ, छेन्दुको महावाणिज्य दूतावास बन्द गर्न निर्देशन

९ साउन, काठमाडौैं । चीनले दक्षिण पश्चिमको सहर छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिकाले टेक्सासको होउस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि त्यसको जवाफमा चीनले यस्तो निर्णय गरेको हो । चीनले अहिले चालिएको कदम अमेरिकाले उक्त निर्णयलाई उचित जवाफ दिन आवश्यक रहेको बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको कारण त्यसलाई रोक्न यो कदम आवश्यक रहेको बताएका थिए । पछिल्लो समय केही महत्वपूर्ण विषयहरुमा चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । चीनले अहिले दुई मुलुकको बीचमा बढ्दो तनावको स्थिति चीनले नचाहेको तर यो अवस्थाको लागि अमेरिका पूर्ण जिम्मेवार रहेको बताएको छ ।

छेन्दुमा रहेको महावाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको थियो । अहिले यो दूतावासमा दुई सयभन्दा धेरै कर्मचारीहरु छन् । साथै यो तिब्बतसँग निकट रहेकाले रणनीतिकरुपमा पनि निकै महत्वपूर्ण रहेको जानकारीहरुले बताएका छन् ।

साताको सुरुमा अमेरिकाले यो सातासम्ममा होउस्टनमा रहेको महावाणिज्य दूतावास बन्द गराउन सूचित गरेको थियो । अमरिकी विदेशमन्त्री पोम्पेओले चीनले अमेरिकी मात्र नभई यूरोपेली बौद्धिक सम्पत्तिको पनि चोरी गरिरहेको र यसको कारण हजारौं रोजगारी गुमेको बताएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment