Comments Add Comment

नियमित हुन थाले ‘राइड सेयरिङ’ सेवा

९ असार, काठमाडौं । लकडाउनका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु नियमित हुन थालेका छन् ।

राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटलले नियमित सेवा थालेको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो ।

नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

उनकाअनुसार टुटलले नयाँ प्लेटर्फममार्फत सेवा दिँदैछ । केही समयभित्रै ट्याक्सीमार्फत पनि टुटल सेवा लिन सकिने भट्टले जानकारी दिए ।

‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।

पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई सेवा दिइरहेको भन्दै लकडाउन खुलेको सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि नियमित सेवामा जाने बताएको छ ।

‘हामी जोर-बिजोर र मोटरसाइकलमा दुई यात्रु बस्न दिने व्यवस्थाबारे सरकारको प्रष्टीकरण कुरिरहेका छौं,’ पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले भने ।

‘राइडरहरूलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगाएर मात्रै सेवा दिन भनेका छौं, राइडपछि सवारी पनि स्यानिटाइज गर्छौं,’उनले भने ।

सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको उनले बताए ।

अब नियमित सेवामा जान अन्ति तयारी भइरहेको पठाओले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment