Comments Add Comment

सरकारले गरेका कामको परिणाम देखिन थालेको छ : राज्यमन्त्री मानन्धर

१० साउन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले गरेका राम्रा कामको परिणाम जनताले देख्ने र महसुस गर्नेगरी देखिन थालेको बताएका छन् ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन, भैंसेपाटीस्थित मन्त्री निवास, मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शुक्रबार अवलोकन गरेपछि मानन्धरले आगामी वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी विकासको वर्ष हुने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपालको मर्मअनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गरे ।

मन्त्री मानन्धरले देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनहरुको डिजाइन भएको बताउँदै यी संरचना निर्माण पश्चात् अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको प्रशंसा हुने बताए ।

अनुगमनका क्रममा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले ठूला भवनहरुको निर्माण समयमै सकिने बताए ।

संसद भवन निर्माणमा ७ प्रतिशत प्रगति

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद भवनको भौतिक प्रगति सात प्रतिशत रहेको छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । १७३ रोपनी क्षेत्रफलमा बनिरहेको संसद भवनको लागत ६ अर्ब ९२ करोड छ । गत वर्ष असोज १६ मा ठेक्का सम्झौता भएको उक्त भवन तीन वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।

यसैगरी ललितपुरको सैबु भैसेपाटीमा निर्माणाधिन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ । मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदै छ ।

अनुगमनका क्रममा गोदावरीमा निर्माणाधिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाइएको छ । ४३ रोपनी क्षेत्रफलमा निर्माणाधिन तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र ५८ करोड लागतमा निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment