
पहिरोले थुनिएको नौली खोला
१० साउन, गोरखा । पहिरोका कारण थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ लापुको मापुडाँडास्थित नौली खोलाको बहाव खुल्न थालेको छ ।
स्थानीय बिरवल गुरुङका अनुसार करिव दश बजेबाट खोला बग्न थालेको हो । ‘गएराति ११ बजेबाट खोला थुनिएर ताल भएको थियो,’ उनले भने, ‘केहीबेर अघिबाट मात्र बग्न थालेको होे ।’
मापुडाँडाको पहिरो झर्न भने नरोकिएको उनले बताए ।
खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा थिए । जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4