Comments Add Comment

रातो मच्छिन्द्रनाथको रथारोहण

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । शनिबार दिउँसो १२ बजेर ५२ मिनेटको शुभसाइतमा पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो ।

लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो ।त्यसक्रममा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए ।

वृष्टिदेवलाई रथारोहण गराउनुपूर्व तःबहालको दवलीमा भजन मण्डली टोलीले मृदङ्ग भजन कीर्तन पाठ गर्ने परम्परा छ । मच्छिन्द्रनाथलाई हरिहरका अर्थात् महादेवका रुपमा पनि पुजिने भएकाले मृदङ्ग पाठ गरिने चलन रहेको भाष्करप्रसाद अमात्य अमात्यले जानकारी दिए ।

करुणावतारलाई रथारोहण गराउन लादा एक पानेजुले हातमा ॐ लेखेको थाली, एकले बालेको बत्ती, एकले भगवानलाई झल्लरी छाता, केहीले काँ बाजा बजाएर लगेका थिए ।

रथारोहणका लागि यो उत्तम र अन्तिम साइत रहेको ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउँछन् । उनका अनुसार अहिले रथारोहण नगरिएन तत्काल शुभ साइत नभएको र  असोज २ गतेदेखि मलमास शुरु हुने भएकाले त्यसबेला रथारोहण र रथजात्रा दुवै गर्न नहुने उनले बताए ।

शनिबार लोकनाथको रथारोहण सम्पन्न भएसँगै कोरोना भाइरसको महामारीका कारण के होला भन्ने चिन्ता हटेको ७० वर्षीय ञ्वाल सूर्यमान डङ्गोल बताउँछन् ।

यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । तर कोरोना भाइरसको महामारीका कारण रथ निर्माण लगायत सबै प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment