Comments Add Comment

८ करोड लगानीमा पोखराको सेती खोँचमा नयाँ बन्जी

१० साउन, काठमाडौं । तनहुँ राइपुरका सन्तोष भट्टराई रोजगारीको सिलसिलामा सन् २००३ मा मलेसिया पुगे । त्यतिबेला  एड्भेन्चर उनको सपना थिएन, थियो त केवल पैसा कमाउने अभिलासा । सन्तोषले रोलर कोस्टरमा काम पाए । त्यहीँबाट उनलाई एड्भेन्चरको ज्ञान र रुची बढ्यो ।

केही वर्षको मलेसिया बसाईपछि उनी मकाउ हानिए । भर्खरै एड्भेन्चरको भुत चढेको बेला उनले मकाउस्थित विश्वकै अग्लो बन्जी एजे हृयाकेटमा काम गर्ने अवसर पाए । बन्जी क्रुबाट काम सुरु गरेका उनी त्यहाँको बन्जी मास्टर मात्र बनेनन् । त्यही जागिरले उनलाई न्युजिल्यान्ड, चिन, सिङ्गापुर, जापानमा बन्जीमास्टरको रुपमा काम गर्ने र अझ सिक्ने मौका जुरायो ।

एडभेन्चरमा रमाउने लत बसेका सन्तोषले विदेशमा डेढ दशक विदेशमा बिताएपछि हाल साथीहरूसँग मिलेर नेपालको पर्यटकिय राजधानी पोखरामा नयाँ बन्जी निर्माण गरिरहेका छन् ।

बन्जी नेपाल एड्भेन्चर्स प्रालि खोलेर पोखरा १७, महतगौंडा (माउन्टेन म्युजियमको आडैमा) बनाइरहेको बन्जी लेकसाइडबाट जम्मा तीन किलोमिटर दूरीमा छ । टावर निर्माणको सकिएको छ । बन्दाबन्दीले गर्दा जापानबाट  प्राविधिक र केही सामान आउन बाँकी भएकाले अन्तर्राष्ट्रिय उडान सुरु भएको केही हप्तामै सन्चालनमा आउने बताइएको छ ।

सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपालबहादुर बराल क्षेत्री, शान्ति लम्साल भट्टराई र बुद्धिनाथ बरालको ८ करोड लगानी रहेको छ ।

क्यान्टिलिभर ब्रीजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लाटर्फम निर्माण गरिएको छ ।सेती नदीको खोँचमा बनिरहेको बन्जीको प्लाटर्फम नदि देखि १२१ र १२५ मिटरमा हुनेछन् । साधारण बन्जी १२१ मिटर अग्लो प्लाटर्फमबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत बिशेष जम्प १२५ मिटर अग्लो प्लाटर्फमबाट गराइने भट्टराईले बताए ।

एड्भेन्चर फोटोग्राफी र भिडियोग्राफीमा काम गर्दै आएको कम्पनी मदानी क्रियसनले बन्जी गर्न आउने ग्राहकको फोटो भिडियो बनाउने भट्टराईले जानकारी दिए ।

बन्जीको निर्माण आइएसो स्टाण्डर्डमा गरिएको भट्टराईको दाबी छ । अन्तर्रास्टि्रय स्तरमा बन्जीको लोकपि्रय नाम ‘गो बन्जी’सँगको प्राविधिक समन्वयमा काम भैरहेको भट्टराई बताउछन् ।

बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरलाई भ्यु टावरको स्वरुप दिइँदैछ, जहाँ टावर क्लाइम्बिङ गर्न सकिन्छ । बन्जी परिसरमै कार्यालयसँगै रेस्टुरेन्ट समेत निर्माण भईसकेको छ । -विष्णुकान्त घिमिरेबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment