+
+
Shares

बाजीमा लुडो खेलेको आरोपमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १३:४४

११ साउन, काठमाडौं । लकडाउनका बेला साथीभाइ जम्मा भएर लुडो खेल्न प्रवृत्ति मौलायो । समय व्यतीत गर्न सामान्यरुपमा लुडो खेल्नु नौलो कुरा होइन ।

तर, पैसा नै राखेर बाजी खेल्न थालेको पाइएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं-१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको जनाइएको छ ।

उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि बरामद भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरले बताए । उनीहरुले ३५ हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको छ ।

कुँवरका अनुसार पक्राउ परेका सबै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?