Comments Add Comment

थप १३० जनामा कोरोना संक्रमण

११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार १२८ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एकएक जना संक्रमित थपिएका छन् ।

दैनिक १८ हजार पीसीआर टेष्ट गर्ने क्षमता

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार छिट्टै दैनिक १८ हजार नमुना परीक्षण गर्न सकिने अवस्था आउनेछ ।

हाल सरकारी ल्याबमा ६ हजार ३६० नमुना परीक्षण गर्न सकिनेछ । हालै मात्र ७ वटा आएनए एक्ट्याक्सन मेसिन ल्याइएको छ । यो सञ्चारमा आएपछि थप ८ हजार ८०० नमुना परीक्षण गर्न सकिनेछ भने निजी प्रयोगशालाहरुले ३ हजार नमुना परीक्षण गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment