+
+
Shares

रुपन्देहीमा ट्रक र जिप ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १७:२८

११ साउन, काठमाडौं । रुपन्देहीमा ट्रक र जिप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होमबहादुर घर्ती मगर रहेका छन् । सैनामैना नगरपालिका-१ वनकट्टामा लु.१ ख ४७९५ नम्बरको ट्रक र लु.२ च २०२१ नम्बरको जिप आइतबार बिहान एकआपसमा ठोक्किँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर जिपका चालक प्युठान स्वर्गद्वारी नगरपालिका-६ बस्ने २३ वर्षीय तेजेन्द्र बुढा मगर घाइते भएका छन् । घाइते तेजेन्द्रलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलतर्फ लगिएको प्रहरीले जनाएको छ ।

ट्रक र जिपलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?