+

आईसीसी विश्वकप सुपर लिग जुलाई ३० देखि सुरु हुने

२०७७ साउन  १२ गते १२:४५ २०७७ साउन १२ गते १२:४५
आईसीसी विश्वकप सुपर लिग जुलाई ३० देखि सुरु हुने

१२ साउन काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी पुरुष विश्वकप सुपर लिगको घोषणा गरेको छ ।

सन् २०२३ मा भारतका आयोजना हुने एक दिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप सुपर लिगको खेल यही जुलाई ३० देखि सुरु हुने आईसीसीले जनाएको छ ।

जसअन्तर्गत इंग्ल्याण्ड र आयरल्याण्डबीच हुने एकदिवसीय सिरिज सुपर लिगको पहिलो खेल हुनेछ ।

सुपर लिगमा १३ टिमको सहभागिता रहने छ । जसमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१५-१७ सम्म भएको विश्व क्रिकेट लिगको विजेता बनेकोले नेदरल्याण्ड्सले सुपर लिगमा खेल्ने अवसर पाएको हो ।

सुपर लिगमा होम एण्ड अवेका आधारमा चार-चार सिरिज खेलिनेछ । सुपर लिगमा शीर्ष ७ मा पर्ने टिमले सन् २०२३ मा हुने एकदिवसिय विश्वकपमा स्थान बनाउनेछ ।

आईसीसी सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय