Comments Add Comment

आत्ममुग्ध व्यक्ति कसरी सफल हुन्छन् ?

कति मान्छे यस्ता हुन्छन्, जो आफैमा मग्न देखिन्छन् । उनीहरुले अरुलाई खास वास्ता गर्दैनन् । अरुलाई महत्व पनि दिदैनन् । तर, सम्पूर्णको ध्यान आफुमाथि केन्द्रित गर्न चाहन्छन् ।

यस्ता मान्छे आत्मकेन्द्रित हुन्छन् र आफैलाई विशेष मान्छन् । यदि अर्काे मान्छेले उनीहरुलाई भाउ दिएनन् वा सम्मान गरेनन् भने उनीहरु त्यहाँ टिक्दैनन । मनोवैज्ञानिकहरुले यस्ता आत्ममुग्ध मान्छेलाई ‘नार्सिसिस्ट’ भन्छन् ।

‘नार्सिसिस्ट’ शब्द युनानको पौराणिक कथाहरुको पात्र नार्सिससबाट बनेको हो । नार्सिसस नामका ती शिकारी पानीमा देखिने आफ्नै अनुहारको प्रतिविम्बबाट मोहित भएका थिए र उनी चौबिसै घण्टा आफ्नो अनुहार हेरेर बस्थे ।

हरेक ठाउँमा यस्तै प्रवृत्ति भएका अर्थात आत्ममुग्ध मानिस हुन्छन् । रमाइलो कुरा त क के भने, यस्ता व्यक्तिहरुमा तनाव वा चिन्ता हुँदैन । उनीहरु आफैमा रमाउने स्वभाव हुन्छ । अर्को कुरा, आत्ममुग्ध मान्छेहरु सजिलैसँग हार मान्दैन । असफलताको बाबजुद पनि लगातार कोसिस गरिरहन्छन् । उनीहरु झुटो बोल्छन्, कुरा बनाउँछन् तर लक्ष्यबाट ध्यान हटाउँदैनन् ।

ओहायो स्टेट यूनिभर्सिटीका मनोवैज्ञानिक डाक्टर जिम जजले व्यवसायमा ‘आत्ममुग्ध’कोे असरको अध्ययन गरेका छन् । उनका अनुसार उनीहरु चमत्कारी बन्न चाहन्छन्, उनीहरु मुस्किल अवस्थामा पनि नेतृत्व गर्छन् । आवश्यकता पर्दा उनीहरु जोखिम उठाउँछन् र कुनै कम्पनीलाई कठिन समयबाट पार लगाउन यस्तो क्षमता आवश्यक पर्छ ।

प्रश्न उठ्छ –आत्ममुग्ध हुने क्षमता जन्मजात हुन्छ वा यो समयसँगै विकसित हुन्छ ? टिम जजको जवाफ छ, ‘दुवै चीज हुन सक्छ ।’  केही मानिसमा आत्ममुग्धताको गुण जन्मजात हुन्छ भने केहीमा उनीहरुको आर्थिक हैसियत, उनीहरुको बाल्यकाल र कार्यालयको स्थितिमा निर्भर हुन्छ ।

उच्च सामाजिक आर्थिक हैसियत भएको घरमा जन्मिएका बच्चाहरु घमण्डी हुन्छन् । परिवारले गर्ने मायाले उनीहरुको अहंकार अझै बढाइदिन्छ । यी सबै कुराले उनीहरुलाई ‘आत्ममुग्ध’ बनाइदिन्छ ।

आत्ममुग्धता राम्रो कुरा होइन तर कति हस्तीहरुमा पनि यो गुण पाइन्छ । चुनौतीहरुसँग जुध्ने र परिवर्तन ल्याउने नेताहरुमा अक्सर यस्तो गुण पाइन्छ ।

के साँच्चै आत्मकेन्द्रित र धेरै बोल्ने मानिसले आफ्नो करियरमा राम्रो गर्छन् ?

भनिन्छ, उनीहरुको लक्ष्य गजबको हुन्छ । उनीहरु अरुमा होइन मात्रै आफ्नो आवश्यकताहरुमा ध्यान दिन्छन् । यहि लक्ष्यले नै उनीहरुलाई सफलता दिलाउँछ । पैसा दिलाउँछ र सम्मान पनि दिलाउँछ । तर, कहिले काहीँ यस्तो आत्मविश्वासले सही नतिजा दिदैन ।

अति आत्मविश्वासको खतरा धेरै छ । आफ्नै बारेमा गलत धारणा बनाउने मुर्खताले कति गल्ती गर्न सक्छ ।

त्यसो भए फेरि आत्मविश्वासले भरिएका मान्छेहरुको सफलताको राज के हो ?

आत्मविश्वासले चम्किएको अनुहारमा मान्छेले भरोसा गर्छन् । उनीहरु तीनका सहयोगी बन्छन् र बढाइचढाइ गरेर कुरा गर्नेहरुलाई बढावा दिन्छन् । त्यसो त  कम आत्मविश्वास यसभन्दा पनि खतरनाक हुन्छ । यसको कारण मानिसले आफैलाई कुनै पनि कामको लागि अयोग्य सम्झिन्छ । त्यसैले आफैलाई पहिचान गर्नुपर्छ । आफ्नो क्षमताको साथसाथै कमजोरीहरु पनि थाहा हुनुपर्छ । आफैमा भरोसा राख्नुहोस् आत्ममुग्ध मानिसहरुबाट पनि एक पाठ सिक्न जरुरी छ, आफैलाई विश्वास राख्ने पाठ ।

विभिन्न स्रोतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment