
१२ साउन काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी डेभलपमेन्ट अवार्ड घोषणा गरेको छ । वर्ष २०१९ मा एसोसिएट राष्ट्रहरुले गरेको प्रगतिको आधारमा आईसीसीले विभिन्न विधामा उत्कृष्ट एसोसिएट राष्ट्रको घोषणा गरेको हो । जसमा पपुवा न्यु गिनी, नामिबिया, रुवान्डा, जापान, थाइल्याण्ड, फिनल्याण्ड उत्कृष्ट भएका छन् ।
गेरी निकोल्स सहभागिता अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी), सय प्रतिशत सहभागिता कार्यक्रम अन्तर्गत रुवान्डा, आईसीसी एसोसिएट सदस्यमा पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गर्ने नामिबिया, एसोसिएट तर्फको महिलामा उत्कृष्ट प्रदशन गर्ने राष्ट्रमा थाइल्यान्ड, क्रिकेटको लागि राम्रो अनुयायी गरेको संघमा जापान, डिजिटल प्रविधिसँग जोडिएर फड्को मार्ने देशमा फिनल्यान्ड उत्कृष्ट भएका हुन् ।
सन् २०१९ मा पीएनजीले क्रिकेट सहभागितामा तीव्ररुपमा विकास गरेको थियो । पीएनजीमा सन २०१९ मा लैङ्गिक समानताको आधारमा २ लाख ३५ हजार मानिस क्रिकेटमा संलग्न रहेकोले उक्त अवार्ड जितेको हो । पीएनजीले विभिन्न कार्यक्रममा ५० प्रतिशत महिलालाई समावेश गरेको थियो ।
त्यस्तै सय प्रतिशत महिला सहभागिता कार्यक्रमतर्फको अवार्ड जितेको रुवान्डाले महिला सशक्तीकरणमा क्रिकेटमार्फत अभियान चलाएको थियो ।
आईसीसी एसोसिएट सदस्यको रुपमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रको अवार्ड नामिबियाले जित्न सफल भयो । विश्व क्रिकेट लिग २ अन्तर्गत हङकङविरुद्व जित्नैपर्ने खेलमा नामिबियाले उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय मान्यता पाएको थियो ।
आईसीसी महिला एसोसिएट राष्ट्रको रुपमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रको अवार्ड जितेको थाइल्याण्डले २०२० को महिला टि-२० विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेलेको थियो ।
क्रिकेटको लागि राम्रो अनुयायी गरेको कारण जापान क्रिकेट संघले आफ्नै देशमा समस्यामा परेकाहरुलाई सहयोग गरेको थियो ।
डिजिटल प्रविधीसँग जोडिएर क्रिकेटमा फड्को मारेको फिनल्यान्डले नयाँ प्रविधिको प्रयोगबाट क्रिकेटलाई पहिलोपटक नयाँ तरिकाले प्रशारण गरेको थियो ।
यस्ते ग्यारी निकोल्स सहभागिता कार्यक्रम अन्तर्गत अन्य विजेतामा एसियाको मलेसिया, अफ्रिकाको बोत्स्वाना, अमेरिकाको ब्राजिल र युरोपको नेदरल्यान्ड्स छन् ।
सय प्रतिशत महिला सहभागितातर्पको अवार्ड एसियाको भुटान, अमेरिकाको चिली, एसिया प्यासफिकको इन्डोनेसिया र युरोपको स्कटल्याण्डले पाएका छन् ।
प्रतिक्रिया 4