News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीको वार्षिक सम्मेलन यस वर्ष स्कटल्यान्डको एडिनबर्गमा जुलाई ८ देखि ११ सम्म आयोजना हुने तय गरिएको छ।
- सम्मेलनमा एसोसिएट सदस्यहरूको प्रतिनिधित्व सम्बन्धी निर्वाचन हुनेछ जसमा १७ सदस्यीय बोर्डका लागि ३ जना निर्देशक चयन गरिनेछ।
- आईसीसी अध्यक्ष जय शाहले सम्मेलनको नेतृत्व गर्नेछन् र यसअघि दोहामा हुने भनिएको बैठक युद्धका कारण स्थगित भएको थियो।
१७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलन यस वर्ष स्कटल्यान्डको एडिनबर्गमा आयोजना हुने भएको छ । सम्मेलन जुलाई ८ देखि ११ सम्म हुने तय गरिएको छ ।
हालै सम्पन्न भर्चुअल बोर्ड बैठकले स्थान पुष्टि गरेको समाचार संस्था क्रिकबजले जनाएको छ । सम्मेलनको नेतृत्व आईसीसीका अध्यक्ष जय शाहले गर्नेछन् ।
यो सम्मेलन आईसीसी महिला टी-२० विश्वकप सकिएलगत्तै हुनेछ । उक्त प्रतियोगिताको फाइनल हेर्न लर्ड्स क्रिकेट ग्राउन्ड पुग्ने सदस्यहरू त्यसपछि स्कटल्यान्ड जानेछन् ।
सम्मेलनमा एसोसिएट सदस्यहरूको प्रतिनिधित्व सम्बन्धी महत्वपूर्ण निर्वाचन हुनेछ । १७ सदस्यीय बोर्डका लागि एसोसिएट राष्ट्रबाट ३ जना निर्देशक चयन गरिनेछ । उनीहरूको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचनमा विभिन्न देशका प्रतिनिधिहरू उम्मेदवार बन्ने अपेक्षा गरिएको छ । सम्भावित उम्मेदवारहरूमा रुवान्डाका स्टेफन मुसाले, नामिबियाका डा. रुडी भान भुरेन, बर्मुडाका नील स्पेइट, अमेरिकाका शंकर रंगनाथन लगायत छन् ।
साथै हालका एसोसिएट प्रतिनिधि गुरुमूर्ति पलानी, मुबाशिर उस्मानी, महिन्दा वल्लिपुरम र उपाध्यक्ष इमरान ख्वाजा पनि प्रतिस्पर्धामा रहने बताइएको छ ।
यसअघि कतारको दोहामा मार्च २५–२७ मा हुने भनिएको बोर्ड बैठक पश्चिम एसियामा जारी युद्धका कारण स्थगित भएपछि आईसीसीले भर्चुअल रूपमा बैठक सम्पन्न गरेको थियो ।
प्रतिक्रिया 4