Comments Add Comment

महेशको बयान–‘सुशान्तलाई ‘सडक २’मा अफर गरेको थिइनँ’

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा विभिन्न प्रश्नहरु उब्जिएका छन् । सुशान्तको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस पनि चलिरहेको छ । सुशान्तलाई बलिउडकर्मीहरुले वेवास्ता गरेका कारण पनि उनले आत्महत्या गरेको खबरहरु सार्वजनिक भैरहेका छन् ।

अहिले मुम्बई प्रहरीले यो बिषयमा अनुसन्धान गरिरहेको छ । यसैविच, मुम्बई प्रहरीले निर्देशक महेश भट्टसँग सोमबार २ घन्टा भन्दा लामो समय बयान लिएको छ । महेश र सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको प्रेम सम्बन्ध, सडक २ मा सुशान्तलाई नखेलाएको बिषयमा मुम्बई प्रहरीले बयान लिएको हो ।

जवाफमा महेशले ‘सडक २’मा सुशान्तलाई अफर नगरेको बयान दिएका थिए । भारतीय मिडियाका अनुसार, प्रहरीसँगको बयानमा महेशले सुशान्तसँग बान्द्रा अपार्टमेन्टमा भेट्दा किताब, सुशान्तको युटुब च्यानल र अन्य बिषयमा कुरा गरेको बताएका छन् । उनले, सुशान्सँग चलचित्रको बिषयमा कुरै नभएको जिकिर पनि गरेका छन् ।

सुशान्त महेश भट्टसँग काम गर्न चाहन्थे र उनले ‘सडक २’मा काम गर्ने रुची पनि देखाएका थिए । तर, महेशले प्रहरीसँगको बयानमा सुशान्तसँग ‘सडक २’को बिषयमा कुरै नभएको बताएका छन् । जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा नायक सुशान्त सिंह राजपुत फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment