Comments Add Comment

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई वर्षापछि घर बनाइदिने मन्त्रीको आश्वासन

१३ साउन, हेटौंडा । सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले वर्षा लगत्तै घर निर्माण गरिदिने आश्वासन दिएका छन् ।

साउनको पहिलो साता गएको बाढी र पहिरोबाट पीडित भएका उनीहरुको आवास निर्माणका लागि बजेट छुट्याइसकेको जानकारी दिए ।  पूर्णरुपमा घरबारविहीन भएका पीडितहरुका लागि वर्षा सकिने वित्तिकै का गर्ने तयारी थालिएको उनको भनाइ छ ।

उनका अनुसार आवास निर्माणको लागि पहिलो चरणमा उपयुक्त जमिन छनौटका लागि स्थानीय तहलाई जिम्मा दिइएको छ ।

मन्त्री नेपाल वर्षाछि पहिलो पटक राहत सामग्री लिएर आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको भोटेकोशी पुगेका उनले नेपाल सरकारले जिल्लाको बाह्रविसे नगरपालिका, भोटेकोशि र जुगल गाउँपालिकाको लागि पहिलो चरणको रकम पठाइ सकेको जानकारी गराए ।

उनका अनुसार बाढी पहिरोले धेरै क्षति पुगेको बाह्रविसे नगरपालिकाका लागि २५ लाख, भोटेकोशीका लागि १५ लाख र जुगलका लागि १० लाख रुपैयाँ पठाइसकेको बताए ।
सरकारले विपतमा मृत्यु भएकाको परिवाका लागि प्रतिव्यक्त एक लाख, घाइतेका लागि उपचार खर्च २५ हजार व्यहोर्ने निर्णय गरेको छ ।

पहिलो चरणको रकमसँगै बाढी पहिरोले पूर्ण क्षति व्यहोरेका जनताको लागि आवास निर्माण गर्न प्राविधिकसहितको जमिन छनौंटको काम अघि बढाइएको छ ।

मन्त्री नेपालले बाढि पहिरोबाट आक्रान्त बानेका कोदारी, लार्सा, चाकु, हिम्दी, बोक्सेन लगाएतका गाउँका जनतालाई ३० केजी चामल, म्याट, त्रिपाल, तेल, दाल, कपडा सहित टुकीसंघ मार्फत संकलिन सेनेटरी प्याड,डिग्नीटि किट सहितसामग्री बितरण गरेका थिए ।

आवास व्यवस्थापनको माग

बाढी पहिरो पीडित भेट्न पुगेका प्रदेशका मन्त्रीसँग पीडितहरुले आफूहरुको आवास व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । अहिलेको ठाउँ बस्नका लागि उपयुक्त नभएको भन्दै पीडित सुन्तली श्रेष्ठले व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

घर पहिरोमा परेपछि नाकामा रहेको सुख्खा बन्दरगाहभित्र, अस्थायी आवासमा बस्दै आएको भन्दै पीडितहरुले छिट्टै आवास निर्माण गरिदिन आग्रह गरेका थिए ।

आवास निर्माणका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ र संघीय सरकारले तीन लाख दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

बाढी र पहिरोले बाह्रविसे नगरपालिकासहित भोटेकोशी गाउँपालिकाको ५, १, ४ मा बढी मात्रामा क्षति पुगेको भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष सुशीला पाखि्रनले बताइन् ।

उनका अनुसार गाउपालिकाको ४ र ५ नम्बरमा ८ जना बेपत्ता भएकोमा ४ जनाको शव भेटिएको छ । बाह्रविसे नगरपालिका- ५ मा गएको पहिरोमा १७ जना बेपत्ता भएका छन् भने २ जनाको शव भेटिएको छ ।

प्रदेश सरकारले पीडितका लागि आवास निर्माणका उपयुक्त जमिन खोज्ने जिम्मा दिएकोले खोजी कार्यसमेत सुरु गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment