Comments Add Comment

श्रीराम सुगर मिलको सेयर कारोबार रोक्का

१३ साउन, काठमाडौं । श्रीराम सुगर मिलको सेयर कारोबार रोक्का गरिएको छ । सिल स्थायी रुपमा बन्द हुने भएपछि नेपाल स्टक एक्सचेन्जले यसको सेयर कारोबार रोक्का गरेको हो ।

मिल बन्द गराउने विषयमा गत ९ गते नै निर्णय भएको थियो । नेप्सेमा पनि बन्द हुने जानकारी औपचारिक रुपमा सोमबार नै पुगेको थियो । सोमबार नेप्स आफैले मिल बन्द हुने सूचना प्रकाशित गरेको थियो । तर केही सेयर सदस्यहरुले मात्रै निर्णय गरेको भन्दै नेप्सेले सोमबार कारोबार रोक्का गरेन ।

मिल बन्द हुने सूचना आएपछि सेयर बजारमा भने यसको सेयर मूल्य बढेको थियो । प्रतिकित्ता १६ रुपैयाँले बढेर ३३८ रुपैयाँमा सेयर मूल्य पुगेको थियो । अब भने यसको कारोबार हुनेछैन । यस मिलले उखु किसान तथा मजदूरहरुको समेत रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्पत्ति बेचेर भुक्तानी गर्नु पर्ने सबैलाई भुक्तान हुने मिल सञ्चालकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment