Comments Add Comment

सुनको भाउ तोलामै लाख नजिक

१४ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ९८ हजार पाँच सय रुपैयाँ पुुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो ।

सामान्य अवस्थामा दैनिक १० किलो सुन खरिद बिक्री हुने नेपाली सुन बजारमा बढ्दो मूल्यका कारण कारोबार ठप्प भएको महासंघले जनाएको छ । सुन किन्नेभन्दा पनि बिक्री गर्न आउने ग्राहकका कारण देशभर दैनिक १० देखि १५ किलोसम्म फिर्ता सुनको खरिद गर्नु परेको व्यवसायीहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको भाउले नपाली बजार प्रभावित हुँदा सुनको मूल्य बढेर हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ । बुधबारको सुनको भाउ पनि नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment