१४ साउन, पाँचथर । फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् ।
फिदिम नगरपालिका-४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
सुवेदीलाई बुधबार बिहान करिब ७ : ३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4