+
+
Shares

कर्णालीमा १६८२ जना संक्रमित डिस्चार्ज, २२७ जना आइसोलेसनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १७:४३

१४ साउन, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु आइसोलेसनबाट डिस्चार्ज हुने क्रम बढेको छ ।

बुधबार थप १३ जना डिस्चार्ज भएसँगै आइसोलेसनबाट घर फर्किनेको संख्या १६८२ पुगेको छ । बुधबार प्रदेश अस्पताल सुर्खेतबाट पाँचजना र दुल्लु अस्पताल दैलेखबाट आठजना गरी १३ जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै, कर्णालीमा पछिलो २४ घण्टामा एकजना मात्रै कोभिड-१९ का संक्रमित भेटिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट एकजनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका एक संक्रमित अदानचुाली गाउँपालिका ३ हुम्लाका २४ वर्षीय पुरुष रहेका छन । बुधबार थपिएका एकजनासहित कर्णालीमा कोरोना संक्रमितको संख्या १९१५ पुगेको छ ।

अब कर्णालीको आइसोलेसनमा २२७ जना रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?