+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

लोक सेवा आयोगमा केही घुन किराहरु छन् : अध्यक्ष मैनाली

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ साउन १४ गते २०:०८
समिति बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली । तस्वीर : रासस

१४ साउन, काठमाडौं । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न आयोगका अध्यक्ष उमेश मैनालीसहितका पदाधिकारीलाई बोलाइएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विजय सुब्बाले प्रश्न गरे– ‘बाबुले छोरीलाई शतप्रतिशत नम्बर दिलाएर लोकसेवा पास गराउन खोजेको कसरी ?’

लोक सेवा आयोगअन्तर्गतको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत मीमबहादुर शाहीले नेपाल वायु सेवा निगमको खरिदार सरहको परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको विषय गत असार अन्तिममा सार्वजनिक भएको थियो ।

जवाफमा लोकसेवा आयोगका अध्यक्ष मैनालीले लोकसेवामा केही ‘घुन किराहरु रहेको बताए ।

‘कहिलेकाहीँ जतिसुकै आन्तरिक व्यवस्थापन गर्दा पनि त्यहाँ भित्र घुन किराहरु हुन्छ । त्यो घुन किराहरुलाई फाल्न सकेनौं भने हाम्रो आत्मा नै खाइदिन्छ । हाम्रो सारा चिज चौपट हुन्छ । अहिले आएको समाचार त्यही हो’ उनले भने ।

अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोज्ने लोक सेवा आयोगकै ती अधिकृतको कामले आफूहरुलाई मर्माहत र लज्जित बनाएको मैनालीले बताए ।

‘जुन जगमा आफु बस्यो त्यही जग भत्काउने, प्वाल पार्ने, यस्ता खालका घुन किराहरु हुन्छन् । यसले सबैभन्दा बढी लज्जा हामीलाई भएको छ । मर्माहत बनाएको तर, क्षति हुन पाएन । थाहा पायौं र जुन छोरी हो ऊ बहिस्कृत भयो । उसको बाबुलाई विभागीय कारबाही भएको छ’ मैनालीले भने ।

आयोगको आन्तरिक नियन्त्रण प्रणाली सबल रहेको उल्लेख गर्दै उनले धाँधली गर्नेहरु कहीँ न कहीँ समातिने दाबी गरे ।

‘एक जना व्यक्तिले छोरीलाई पास गराउनलाई धाँधली गर्नुभयो । जुन हाम्रो सचिवज्यूले थाहा पाउनुभयो, हामी कहाँ आयो । हामीले कारबाही गर्यौं । हाम्रो आन्तरिक नियन्त्रण प्रणाली यति सबल छ कि कहीँ न कहीँ उ समातिन्छ’ उनले भने ।

लोकसेवा आयोगका सदस्य अशोककुमार झाले छोरीलाई आफैँले उत्तर लेखिदिएर पास गराउन खोज्ने बाबुलाई सलह किराको संज्ञा दिए ।

‘अध्यक्षज्यूले घुन किरा भन्नुभयो । अलिकति करेक्सन गर्न चाहन्छु । घुन किरा पुरानो भयो । यो त सलह हो आयातीत किरा’ झाले भने ।

लोक सेवा अयोगका पदाधिकारीहरुका अनुसार अधिकृत शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको खरिदार सरहको परीक्षामा सहभागी आफ्नी छोरीलाई (अब्जेक्टिभ) वस्तुगत उत्तर पुस्तिकामा सबै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए ।

छोरी (आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थी) ले त्यसै गरिन् । उत्तरपुस्तिका जाँच्ने क्रममा बाबु शाहीले पछि छोरीले उत्तर पुस्तिकामा लेखेको ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याइदिए ।

नतिजामा छोरीको वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिल्यो ।

अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि प्राप्ताङ्क अस्वाभाविक लागेर आयोगका सचिवले पुनः छानबिन गर्न निर्देशन दिए । छानबिन गर्दा बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेको हो ।

यो पुष्टि भएपछि शाहीलाई विभागीय कारबाही भएको छ । अध्यक्ष मैनालीले ती अधिकृतलाई अन्य कानुन अनुसार कारबाही हुने संभावना अझ जिवित रहेको पनि बताएका छन् ।

‘दुखःद कुरा उसको छोरीको समेत भविष्य चौपट भयो । बहिस्कृत भयो । साइकोलोजिकल असर कति पर्यो होला । बाउलाई विभागीय कारबाही भयो । अन्य कानुन अनुसार कारबाही हुने सम्भावना अझ जीवित छ’ मैनालीले भने ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?