+
+

विध म्यानेजमेन्टले पनि पायो कोरोना परीक्षणको अनुमति

४ हजार ५ सयमै परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १९:१७

१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरस्थित कुपन्डोलमा रहेको विध म्यानेजमेन्टलाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ ।

यसअघि मन्त्रालयले ४ वटा निजी ल्याबलाई कोरोना परीक्षण गराउने अनुमति दिइसकेको छ। त्यसैगरी ह्याम्स, केएमसी र स्टार अस्पतालले पनि कोरोना परीक्षणको अनुमति पाएका छन्।

म्यानेजमेन्टले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारबाट शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति पाएको जनाएको हो ।

‘म्यानेजमेन्टमा भएको ल्याबले दैनिक ४ हजार भन्दा बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको तथा पाँच घण्टा भित्रमा नै परीक्षणको रिपोर्ट उपलब्ध गराउन सकिने जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

जनतालाई छिटो छरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा सहकार्य र सहयोग पुर्‍याउने विश्वासका साथ म्यानेजमेन्टले ४ हजार ५ सय तिरेर परीक्षण गर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?