Comments Add Comment

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

१५ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् ।

यसैगरी स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागलुङको काठेखोला र बडिगाडमा २–२ जना तथा बागलुङ र जैमिनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

तनहुँको व्यास नगरपालिकामा २ जना र ऋषिङमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

पूर्वी नवलपरासीको बौदीकालीमा १ जना र लम्जुङको बेंसिशहरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार २ सय ३० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment