+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

न्युजिल्याण्ड नेपाल सोसाइटीले मनायो रजत जयन्ती

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १३:५१

अक्ल्याण्ड । न्युजिल्याण्डको सबैभन्दा पुरानो नेपाली क्रियाशील संस्था न्युजिल्याण्ड नेपाल सोसाइटीले आफ्नो २५औं वार्षिकोत्सव अकल्याण्डमा मनाएको छ ।

कार्यक्रमका अकल्याण्डका मेयर फिल गोफले रजत महोत्सव समारोहको उद्घाटन गर्दै न्युजिल्याण्डमा नेपाली संस्कृति र भाषालाई जीवन्त राख्न गरिएका प्रयासहरुको प्रशंसा गरे ।

मेयर फिलले तेञ्जिङ र एडमण्डले सँगै सगरमाथा आरोहण गरेकाले मात्रै भन्दा पनि त्यस पश्चात् एडमण्डले नेपाल र नेपालीसँग कायम राखेको निकटताले नेपाल र नेपालीबीच पृथक एवं आत्मीय सम्बन्ध रहेको बताए ।

कार्यक्रममा सर एडमन्ड हिलारी पश्चात सोसाइटीको संरक्षकको भूमिकामा रहेकी लेडी जून हिलारीले न्युजिल्याण्डमा नेपाली समुदायलाई अभिभावत्व प्रदान गरेकोमा विशेष समारोह गरी सम्मान गरिएको थियो ।

प्रमुख अतिथि फिल गोफ, संरक्षक जुन हिलारी तथा संस्थाका अध्यक्ष डा. सन्तोष भण्डारीले भूतपूर्व कार्यकारी पदाधिकारी एवं सदस्यहरूलाई उनीहरुको योगदानका लागि प्रमाणपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा न्युजिल्याण्डका सासंदहरु मेलिसा ली, प्रियांका राधाकृष्णन, डा. परमजित परमार तथा नेपालका लागि कन्सुलर पिटर गिब्सले पनि सँस्थालाई शुभकामना दिएका थिए ।

मुना ढकालले सहजीकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष डा. सन्तोषले सम्पूर्ण सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रममा १५० भन्दा धेरै नेपालीहरुको सहभागिता रहेको संस्थाका सचिव डा. सञ्जय मरासिनीले जानकारी दिए ।

सोसाइटी जोगप्रसाद लिम्बूको अध्यक्षता र सर एडमन्ड हिलारीको संरक्षणमा सन् १९९५ मा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?