+
+
Shares

देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १६:१०

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक रुपमै प्रतिवादमा उत्रिएको छ ।

देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन गरेकामा असन्तुष्ट पौडेल समूहले बिहीबार देउवालाई भेटेर यस विषयमा लिखित असहमति बुझाएको थियो ।

तर देउवाले सम्बोधन गर्ने ठोस प्रतिवद्धता नजनाएको भन्दै यो समूहृले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै विरोधमा उत्रिएको हो ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने ‘महामन्त्री र मैले यसअघि पनि पत्र लेखेरै ध्यानार्षण गराएका थियौं । तर सभापतिले सुन्नुभएन, जहिलेसम्म सुन्नुहुन्न तबसम्म दबाब बढाउँदै लैजान्छौं ।’

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको कार्यकालको तेस्रो वर्षमा गरेको विभाग गठनलाई स्वयं वर्तमान सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि सबै विभाग खारेज गरेको पनि पौडेल समूहले स्मरण गराएको छ ।

पौडेलले विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषण गरे । उनले देशभरका नेता कार्यकर्तालाई विधान विपरीतका गतिविधिलाई साथ नदिन पनि आग्रह गरे ।

 

पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी थिए ।

000

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?